राजनीति


०८४ मा एकलौटी सरकार बनाउने गरी देश दौडाहामा लाग्छौँ : रास्वपा

०८४ मा एकलौटी सरकार बनाउने गरी देश दौडाहामा लाग्छौँ : रास्वपा

नेपालखबर
बैशाख २२, २०८१ शनिबार १४:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पराजय ब्यहोर्नुपरेको कारण खोजेर ०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने बताएको छ।

शुक्रबार साँझ पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको बारेमा समीक्षा गरेर अघि बढ्ने निष्कर्ष निकालेको हो। 

‘बैठकमा हामीले निर्वाचनको बारेमा समीक्षा गरेका छौँ। समीक्षापछि कहाँनेर गल्ती भयो। हामीले नेपाली जनतामा जुन आशा गरेका थियौँ। त्यो आशा जगाउने हाम्रो आशालाई जगाइराख्न र हामीले भन्दै आएको ०८४ मा यो देशमा एकलौटी सरकार बनाउने गरी गर्नुपर्ने काम कुराहरुका बारेमा पार्टीगत रुपमा कहाँ कर कसरी कमजोरी गरेका छौँ,’ उनले भने।

उपननिर्वाचनको समीक्षा गर्न पार्टी महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा देश जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको पार्टी महामन्त्री ढकालले बताए। 

‘पार्टी संगठनको अवस्था अबको दिनमा के हुने? पार्टी संगठनको आकार, मोडल, पार्टीले लिनुपर्ने धारणाको बारेमा समग्र समीक्षा गर्न पार्टीले मलाई महामन्त्रीको रुमपा सम्पूर्ण पार्टी सदस्यहरुको भावना, सुझाव बुझ्नका लागि आगामी जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको छ।’

उनले देश दौडाहाका बारेमा बुझेर पार्टी सचिवालयमा प्रतिवेदन पेश गर्ने र सोहीअनुसार निर्णय लिने पनि बताए। उनले प्रतिवेदनको आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने निर्णय भएको बताउँदै उनले सरकारमा पार्टीले गरेका कामहरुको मूल्यांकन गर्न टिम बनाउने निर्णय भएको बताए। 

इलामका जनताले घण्टी नबजाइकन सांकेतिक घण्टीको आवाज बजाएको निस्कर्ष पनि पार्टीले निकालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .