राजनीति


नेपाल आइपुगिन् जापानी विदेशमन्त्री, राष्ट्रपति र प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेट हुने

नेपाल आइपुगिन् जापानी विदेशमन्त्री, राष्ट्रपति र प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेट हुने

भ्रमणका क्रममा उनले काठमाडौँ दरबार क्षेत्रको समेत अवलोकन गर्ने बताइएको छ (तस्बिर : सरोज बैजु)


नेपालखबर
बैशाख २३, २०८१ आइतबार १२:२३, काठमाडौँ

जापानका विदेशमन्त्री कामिकावा योको नेपाल आइपुगेकी छिन्। उनी आइतबार मध्यान्ह उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणमा औपचारिक भ्रमणमा आएकी हुन्। 

उनको यो पहिलो नेपाल भ्रमण हो।

भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।

विदेशमन्त्री कामिकावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा उनले काठमाडौँ दरबार क्षेत्रको समेत अवलोकन गर्ने बताइएको छ। उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्। 

विदेशमन्त्री कामिकावा भ्रमण सम्पन्न गरी आजै राति जापानका लागि प्रस्थान गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .