राजनीति


जसपाका यी ७ सांसद, जो नयाँ पार्टी माग गर्दै पुगे निर्वाचन आयोग

जसपाका यी ७ सांसद, जो नयाँ पार्टी माग गर्दै पुगे निर्वाचन आयोग

नेपालखबर
बैशाख २३, २०८१ आइतबार १८:१६, काठमाडौँ

जनता समाजवादी पार्टी फुट्ने भएको छ। संघीय परिषद् सदस्य अशोक राईले ७ जना सांसदलाई लिएर आइतबार दिउँसो निर्वाचन आयोग लगेर हस्ताक्षरसहित आधिकारिकता पेस गरेका छन्। 

यद्यपि निर्वाचन आयोगले यसबारे औपचारिक जानकारी गराएको छ। ७ सांसदको हस्ताक्षर लिएर राई आइतबार दिउँसो निर्वाचन आयोग कार्यालय कान्तिपथ पुगेको जसपा सांसद सुशिला श्रेष्ठले जानकारी दिइन्। 

यदी निर्वाचन आयोगले आधिकारिकता दिए जसपा औपचारिक रुपमा विभाजन हुनेछ। 

यी हुन् निर्वाचन आयोग पुगेर आधिकारिकता दाबी गर्ने ७ सांसदः
१) अशोककुमार राई
२) नवलकिशोर साह
३) रञ्जु ठाकुर

४) हसिना खान
५) वीरेन्द्र महतो
६) सुशीला श्रेष्ठ
७) प्रदीप यादव

तर, जसपा केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ भने अशोक राईले दल विभाजन गर्न नसक्ने बताउँछन्। संविधान र कानुनले पार्टी विभाजन हुने ठाउँ नदिएको भन्दै यदि त्यो कदम अघि बढाइएको भए परिवक्व नहुने उनले जिकिर गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .