राजनीति


पार्टी फुटाएपछि राजेन्द्र श्रेष्ठले भने– हामी यही गठबन्धनको पक्षमा छौँ

पार्टी फुटाएपछि राजेन्द्र श्रेष्ठले भने– हामी यही गठबन्धनको पक्षमा छौँ

तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख २३, २०८१ आइतबार १९:११, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले पार्टीका अध्यक्ष उपेन्द्र यादवले एकलौटी ढंगबाट पार्टी चलाउन खोजेपछि बाध्यताले पार्टी विभाजन गर्नुपर्ने अवस्थामा पुगेको स्पष्टिकरण दिएका छन्। 

आइतबार निर्वाचन आयोगमा ७ सांसद र ३० केन्द्रीय सदस्यसहितको हस्ताक्षर दर्ता गराएर फर्किएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। 

उनले पार्टीमा पहिलादेखि नै समस्या रहेको, सदस्यता वितरणमा धाँधली भएको लगायतका आरोप लगाउँदै पार्टी विभाजन गरेको बताए। 

साथै, उनले अहिले बनेको सरकारको निरन्तरताको पक्षमा रहेको बताए। 

‘यो ऐतिहासिक रुपमा बसेको सरकारको निरन्तरताको पक्षमा छौँ, राजनीतिक अस्थिरताको चर्चा परिचर्चा भइरहेको बेला, नेपालमा संघीयताप्रति नै भ्रम उत्पति भएको छ,’ श्रेष्ठले भने,, ‘हामी यही गठबन्धनको पक्षमा छौँ।’

सात सांसदसहित ३० जना केन्द्रीय सदस्यको नामावली र पहिलो बैठकको निर्णय राईले आयोगमा बुझाएका छन्।

राईको अध्यक्षतामा बनेको नयाँ दलको नाम जनता समाजवादी पार्टी राखिएको छ। सहअध्यक्ष रेणुकुमारी यादव बनेकी छन्। 

नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम रम्तेल र शुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ। मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ।

सांसद समेत रहेका प्रदीप यादव उपमहासचिव छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .