राजनीति


जसपा विभाजनले हाम्रो पार्टीमा आउन लागेको भुईँचालो रोक्यो : झलनाथ खनाल

जसपा विभाजनले हाम्रो पार्टीमा आउन लागेको भुईँचालो रोक्यो : झलनाथ खनाल

नेपालखबर
बैशाख २४, २०८१ सोमबार १२:१०, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनता समाजवादी पार्टीको विभाजनले आफ्नो पार्टीमा आउन लागेको भुईँचालो रोकिएको दाबी गरेका छन्।

सोमबार नेपालखबरसँग संक्षिप्त कुराकानी गर्दै खनालले अहिले पार्टी विभाजनको कुनै सम्भावना नरहेको बताए। 

‘हाम्रो पार्टीमा यदि भुईँचालो आउनै लागेको भए पनि जसपाको हिजोको घटनाले त्यो टरेको छ,’ उनले भने, ‘यो घटनाले हाम्रो पार्टीलाई केमचेनको भूमिका खेलेको छ।’

खनाललाई भेट्न सोमबार बिहान अर्थमन्त्री वर्षमान पुन पनि उनको निवास पुगेका थिए। खनालसँगको भेटघाटका क्रममा अहिलेको समीकरणलाई थप बलियो बनाउने गरी छलफल भएको उनले बताए। 

‘म त पहिल्यैदेखि वामपन्थी एकता हुनुपर्छ भनेर भनिरहेको मान्छे हुँ,’ उनले भने, ‘उहाँ (वर्षमान पुन)सँग पनि सोही विषयमा छलफल भयो। वामपन्थी एकतालाई अझै बलियो बनाऔँ भनेर कुराकानी भएको छ।’

पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा सोमबार बस्ने संसदीय दलको बैठकमा छलफल हुने उनले बताए। 

एकीकृत समाजवादीले सोमबार संसदीय दलको बैठक बोलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .