राजनीति


सोमबार आए उपेन्द्र*

सोमबार आए उपेन्द्र*

तस्बिरः सरोज बैँजु


नेपालखबर
बैशाख २४, २०८१ सोमबार १४:०, काठमाडौँ

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव सोमबार राति स्वदेश फर्किएका छन्।

यादव वैशाख १५ गते अमेरिका प्रस्थान गरेका थिए।

वैशाख १८ देखि २१ (अप्रिल ३० देखि मे ३) सम्म संयुक्त राष्ट्र संघको सचिवालय, न्युयोर्कमा आयोजित विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा सहभागी हुन उनी अमेरिका गएका थिए।

अध्यक्ष यादवले आफ्नो अनुपस्थितिमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका थिए।

अमेरिकाबाट फर्किँदासम्म उनले कार्यवाहक जिम्मेवारी दिएका श्रेष्ठसमेत भएर पार्टीका ७ सांसद र ३१ केन्द्रीय सदस्य भएर बेग्लै पार्टी गठन गरिसकेका छन्।

यादव कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार राति १ बजे उत्रिएका थिए। 

*प्रधानमन्त्रीको सचिवालय स्रोतको भर पर्दा त्रुटि हुन गएकाले यसअघिको खबर क्षमायाचनासहित हटाएका छौँ। -सम्पादक।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .