राजनीति


रास्वपाले बोलायो संसदीय दलको बैठक

रास्वपाले बोलायो संसदीय दलको बैठक

नेपालखबर
बैशाख २४, २०८१ सोमबार १७:२०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ।

मंगलबार विहान ८ बजे बैठक बोलाएको रास्वपा दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए।

‘आगामी बजेट अधिवेशन र संसदीय कामकारवाहीका सन्दर्भमा छलफल गर्ने एजेण्डा छ,’ उनले भने, ‘इलाम उपचुनाव, समसामयिक घटनाक्रम र पार्टी सम्बन्ध लगायत विषय छन्।’

जनता समाजवादी पार्टी विभाजन भएपछि नयाँ राजनीतिक घटनाक्रम विकास भइरहेको बेला बस्न लागेको रास्वपाको दलको बैठकलाई चासो पूर्वक हेरिएको छ।

देशभरका सहकारीमा देखिएको समस्या समाधान गर्न संसदीय छानवीन समिति बनाउनेगरी प्रधानन्त्री प्रचण्डले छलफल गरिरहेका छन्।

संसद बैठक आगामी २८ गते बस्दैछ।

त्यसअघि नै कांग्रेसँग सहमति गरेर संसद नरोक्ने वातावरण बनाउने प्रयासमा प्रधानमन्त्री लागेका छन्।

आइतबार वैशाख २३ गते जसपा विभाजन भएको छ। यसले नेपाली राजनीति तरंगित बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .