राजनीति


सयको नोटमा नयाँ नक्सा : बाबुराम भन्छन्- विवाद चर्काउने कुरा (भिडिओ)

सयको नोटमा नयाँ नक्सा : बाबुराम भन्छन्- विवाद चर्काउने कुरा (भिडिओ)

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १३:२, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रुपैयाँ सयको नोटमा चुच्चेनक्सा राख्नेबारेमा सरकारले लिएको निर्णयलाई अनावश्यक ढंगको बहस र विवाद चर्काउने कुरा भएको जिकिर गरेका छन्। 

सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा समेटेर जारी गर्ने निर्णय गरेसँगै यतिबेला देशभित्र र बाहिर चर्चाको विषय बनेको छ।

छिमेकी देश भारतले सीमा समस्या विवादका बीचमा वार्ता जारी रहेकाले नेपाल सरकारले एकपक्षिय निर्णय गरेको भन्दै एकपक्षिय निर्णय लिनुको कुनै तुक नरहेको टिप्पणीसमेत गरेको छ।

‘नेपालको सीमा विवाद जुन छ, यसको हल हुनुपर्छ। समष्टिगत ढंगले गर्नुपर्छ। अंशअंश गरेर यो हल हुँदैन। अलि अनावश्यक ढंगको बहस र विवाद चर्काउने कुरा मात्रै हुन्छ,’ उनले भने। 

ईपीजी वा नयाँ किसिमको संयन्त्रबाट सीमा समस्याको समाधानमा पनि ध्यान दिनुपर्ने बताए।

‘भारत—चीन र अमेरिकाको टकराव त देखि नै हालियो। सीमा समस्या की त युद्ध लडेर हुन्छ, की त कुटनीतिक तरिकाबाट हल हुन्छ। खाली तीतो मात्रै पोखेर र मुखमात्रै बजारेर यस्ता समस्या कहिल्यै पनि हल हुँदैनन्,’ उनले भने।

गत वैशाख २० गते बसेको मनित्रपरिषद्को बैठकले जारी गर्न लागिएका एक सय रुपैयाँका नयाँ नोटमा नेपालको नयाँ नक्शा समावेश गर्ने निर्णय गरेको थियो।  नेपालले २०७७ जेठ ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो।

उक्त नक्सालाई नेपालको संघीय संसद्ले अनुमोदन समेत गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .