राजनीति


रामेछाप जाँदैगर्दा बागमतीका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै

रामेछाप जाँदैगर्दा बागमतीका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १३:१५, काठमाडौँ

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी परेका छन्। मंगलबार दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका क्रममा जाँदैगर्दा मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ बनेका हुन्। 

उनको स्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याउन लागिएको उनको सचिवालयले नेपालखबरलाई जानकारी दियो।

अक्सिजनको लेभन कम भएर स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अहिले काठमाडौँ ल्याउन लागिएको हो। 

काठमाडौँमा कुन अस्पतालमा उपचार हुने भन्ने यकिन भइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .