राजनीति


गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडान यथावत्, जुटेन सहमति

गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडान यथावत्, जुटेन सहमति

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १४:२४, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याएको छ। 

मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेतासहितको छलफलमा कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै रहेको जानकारी गराएको हो। 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति बनाउनुपर्ने कुरा कायमै रहेको र त्यो सरकारले समिति बनाउने विश्वास राखेको पनि बताए। 

‘हामीले संसदीय छानविन समितिको कुरा राखेको छौं। सरकारले आगामी बैठकमा प्रस्तुत हुँदा सहकारी ठगीमा गृहमन्त्रीको पनि संलग्नता रहेका देखिएको छ,’ लेखकले अघि भने, ‘राजीनामा मागेका छैनौं, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौं। सरकारले समिति बनाउँछ भन्ने विश्वास राखेका छौं।’

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाको विषयमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .