राजनीति


प्रचण्डलाई प्रश्न– जसपा फुटाउनुभएको हो?, जवाफ– मबाहेक को देख्छन् र!

प्रचण्डलाई प्रश्न– जसपा फुटाउनुभएको हो?, जवाफ– मबाहेक को देख्छन् र!

फाइल तस्बिर


नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १५:२९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनबारे आफूमाथि लगाइएको आरोपको अस्वीकार गरेका छन्। 

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको सर्वदलीय बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले जसपा फुट्नुमा आफ्नो भूमिका नभएको स्पष्ट पारे।

गत वैशाख २३ (आइतबार) गते अशोक राईको नेतृत्वमा ७ सांसदसहित ३० बढी केन्द्रीय सदस्य निर्वाचन आयोग पुगेर नयाँ दल दर्ता गराएका थिए। 

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ जसपा विभाजनको शंका चलिरहँदा प्रचण्डले त्यसको खण्डन गरेका हुन्। 

बैठकबाट बाहिर निस्कँदैगर्दा सञ्चारकर्मीले प्रचण्डलाई ‘जसपा विभाजनको तपाईंमाथि आरोप छ नि त?’ भन्दै प्रश्न गरेका थिए। 

सो प्रश्नको जवाफमा प्रचण्डले भनेका छन्, ‘आरोप त, अब अरु कसलाई देख्छन् र मान्छेहरूले प्रचण्डबाहेक नेपालमा।’

त्यसपछि ती सञ्चारकर्मीले पुनः ‘तपाईंको भूमिका छैन यसमा?’ भन्दै प्रश्न गर्छन्। 

सो प्रश्नको संक्षिप्त जवाफ दिँदै उनले भनेका छन्, ‘छैन मेरो भूमिका!’ उनले संसद्को गतिरोध हटाउनेबारे छलफल चलिरहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .