राजनीति


ममाथि संसदीय समिति बनाउनुपर्ने स्पष्ट आधार छैन : गृहमन्त्री लामिछाने

ममाथि संसदीय समिति बनाउनुपर्ने स्पष्ट आधार छैन : गृहमन्त्री लामिछाने

मंगलबार बसेको सर्वदलीय बैठकमा दायाँबाट क्रमशः केपी शर्मा ओली, रवि लामिछाने, रमेश लेखक र महेश बर्तौला।


नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १६:२८, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि संसदीय छानबिन समिति बनाउने स्पष्ट आधार नभएको दाबी गरेका छन्। 

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले देशमा धेरै बेथिति विसंगति रहेको भन्दै अब त्यसलाई अन्त्य गर्नका लागि सबै दलहरु मिल्नुपर्ने जिकिर गरे।

‘कतै मुद्दा चलेको, अभियोजन भएको कुरा पाइनँ। समिति बनाउने स्पष्ट आधार त हुनुपर्छ । आधार नभइसकेपछि कतै उजुरी गयो भने संसदमा हंगामा गर्न बस्नुहुँदैन। कतै मुद्दा नै चलेको छैन। एउटा मान्छेले आफ्नो अफर मान्यो भने त्यो भन्दा माथिल्लो पदका लागि पनि तयार हुने, होइन भने भोलिपल्ट बिहानै विरोध?’ उनले प्रश्न गरे।

सरकार सहकारीको समस्या समाधान गर्न कटिवद्ध रहेको भन्दै उनलेसहकारीका समस्या समाधानका लागि सरकारले मन्त्रीपरिषद्को बैठकबाट फास्ट ट्रयाकमा वचतकर्ताहरुको रकम फिर्ता गराउन फरार, दोषी, सम्पर्कमा नरहेका सञ्चालकहरुको सम्पती जफत गरेर भएपनि बचतकर्ताहरुको पैसा फिर्ता दिने निर्णय गरिसकेको पनि बताए।

‘सरकार सहकारीको समस्या समाधान गर्न कटिवद्ध छ। क्याबिनेटबाट फास्ट ट्रयाकमा गएर ब्चतकर्ताहरुको रकम फिर्ता गराउन जति पनि फरार, दोषी रहेका, सम्पर्कमा नरहेका सञ्चालकहरुको सम्पती जफत गरेर भएपनि बचतकर्ताहरूको पैसा फिर्ता दिन फास्ट ट्रयाकमा जाने निर्णय क्याबिनेटमा भइसकेको छ। सदनमा लैजाने तयारीमा छाँै,’ उनले भने।

सहकारीको रकम हिनामिनामा आफ्नो बिरुद्ध कतैपनि मुद्दा दर्ता समेत नभएको भन्दै उजुरी हाल्नसाथ संसदीय समिति बनाउने भए  र राजीनामा दिने हो भने आफू तयार रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .