राजनीति


संसदलाई समस्या समाधानको थलो बनाऔँ : सभामुख घिमिरे

संसदलाई समस्या समाधानको थलो बनाऔँ : सभामुख घिमिरे

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १७:२२, काठमाडौँ

सभामुख देवराज घिमिरेले संसद बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार भएको बताएका छन्।

मंगलबार सिंहदरबारमा शीर्ष नेतासहितको छलफलपछि उनले अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार पारेको दाबी गरे।

‘यो निरन्तर प्रक्रिया हो। समस्याहरु आइरहन्छन्। समस्याले सदनलाई अवरोध गर्दैन भन्ने मेरो बलियो विश्वास छ। समस्याको समाधान कतिपय राजनीतिक दलहरुको बीचबाट हुन्छ। कतिपय संसदबाट पनि हुन्छ,’ सभामुख घिमिरेले भने, ‘आजको छलफलले २८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार गरेको छ। शंका गर्नुपर्ने आधार देखेको छैन।’

संसदलाई अवरोधको भन्दा समस्या समाधानको थलो बनाउनुपर्ने उनको भनाइ छ। सबै राजनीतिक दलहरु यसमा सचेत भएर अघि बढ्न जरुरी रहेको पनि उनले बताए।

‘संसदलाई समस्या समाधानको थलो बनाउनुपर्छ। अवरोधको थलोमा लैजानु हुँदैन। यसमा सबै राजनीतिक दलहरु सचेत हुनुहुन्छ। संसद् राम्रोसँग सञ्चालन गर्न दलहरुको भुमिका निर्णायक हुन्छ। आउँदा दिनमा दलहरु गम्भीर हुनेछन्। समस्याको समाधान दलबाट निकाल्दै संसद अघि लैजान प्रभावकारी रुपमा लैजानुहुन्छ। अवरोध हटाउन सबैको आफ्नो आफ्नो भुमिका हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .