राजनीति


बुवाको मार्गनिर्देशअनुसार जिम्मेवारी पूरा गर्नेछु : सुहाङ

बुवाको मार्गनिर्देशअनुसार जिम्मेवारी पूरा गर्नेछु : सुहाङ

नेपालखबर
बैशाख २६, २०८१ बुधबार १३:४०, काठमाडौँ

प्रतिनिधि सभाका नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

संघीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आज आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ खाएपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद नेम्बाङले विकासका आधार कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्रवर्धन गर्न नीतिगत व्यवस्था गर्ने र भइरहेको नीति परिमार्जनको पक्षमा लाग्ने बताए। 

दिवंगत बुवा सुवासचन्द्र नेम्बाङले देखाएको मार्गदर्शनअनुसार आफू अघि बढ्ने उल्लेख गर्दै उनले इलामेली जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सांसद नेम्बाङले समग्र जिल्लाका समस्या र इलामको विकासलाई प्रभावकारी रूपमा उठाउने विश्वाससमेत दिलाए।

‘नेपालमा धेरै विकासका काम अघि बढेका छन्। धेरै नीति निर्माण भएका छन्। सुशासनमा कमजोरी देखिँदा नतिजा आउन सकेको छैन। एकअर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर संविधानलाई कार्यान्वयन गर्न सकिन्छ भन्नेमा एकताबद्ध भएर लाग्नुपर्छ। बुबा (सुवास नेम्बाङ) ले देखाउनुभएको मार्गनिर्देशअनुसार थाँती रहेका जिम्मेवारी पूरा गर्नेछु’, सांसद नेम्बाङले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .