ad ad

राजनीति


प्रधानमन्त्री र सभामुखबीच फोनवार्ता, नीति कार्यक्रमका विषयमा छलफल

प्रधानमन्त्री र सभामुखबीच फोनवार्ता, नीति कार्यक्रमका विषयमा छलफल

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार ११:१७, काठमाडौँ

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम सम्बन्धमा जिज्ञासा राखेका छन्।

सोमबार बिहान सभामुख घिमिरेले प्रधानमन्त्रीलाई फोन गरेर बजेट ल्याउनुअघि राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल गरेका सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी गराएका थिए। प्रचण्डले सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने जानकारी सभामुख घिमिरेलाई गराएका छन्।

प्रधानमन्त्रीले आफू चितवनबाट फर्केलगत्तै दलहरुसँग संवाद सुरु गर्ने जानकारी दिएका छन्। उनले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका छन्।

सभामुखले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग हिजो छलफल गरेका थिए। 

त्यसक्रममा उनले नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिएका छन्। नीति तथा कार्यक्रम संसदभन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नभएको उल्लेख गर्दै सभामुख घिमिरेले राजनीतिक सहमतिमा जोड दिएका हुन्। 

सभामुखले नीति तथा कार्यक्रम र बजेटमा विगतका बिर्सनलायक घटनालाई पुनरावृत्ति नगर्नसमेत दलहरूको ध्यानाकर्षण गराउँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .