ad ad

राजनीति


प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

फाइल तस्बिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’


नेपालखबर
जेठ ७, २०८१ सोमबार ९:२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। 

त्यसका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ। 

त्यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न अहिले बिहान १० बजे नयाँ बानेश्वरमै रहेको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ। 

नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। 

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .