ad ad

राजनीति


‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’

‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’

नेपालखबर
असोज ५, २०८१ शनिबार २१:२४, काठमाडौँ

बागमती प्रदेशसभाका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेशको भोलिदेखि सुरु हुने प्रदेशसभाले स्वास्थ्य विधेयक पारित गरेर स्वास्थ्य क्षेत्रका समस्याहरू समाधान गर्दै लैजाने बताएका छन्।

शङ्खधर बचत तथा ऋण सहकारी संस्थाको आज सम्पन्न १७औँ वार्षिक साधारणसभामा उहाँले स्वास्थ्य विधेयक पारित भएपछि वर्षौंदेखि नवीकरण नभई रहेका अस्पतालको नवीकरण हुने बताए।

मन्त्री थापाले भने, ‘स्वास्थ्य विधयेक पारित भएपछि निजी अस्पतालको समस्या समाधान हुनेछन्। निजी अस्पतालका रोकिएको नवीकरण हुनेछन्। एक सय शय्याका अस्पताललाई नर्सिङ र ३०० शय्याका अस्पताललाई मेडिकल कलेज सञ्चालन गर्न बाटो खुल्नेछ। यसले विद्यार्थी अध्ययनका लागि विदेसिनबाट रोकिनेछ।’
    

यस वर्ष नर्सिङ अध्ययन गर्न ८०० कोटा खुल्ला गरेकामा ६ हजार ४०० को आवेदन परेको र एमबिबिएसमा एक हजार ७०० कोटा खुल्ला गर्दा सात हजारले फाराम भरेको बताउँदै उनले बाँकी विद्यार्थी पढ्नकै लागि विदेसिने गरेको पाइएकाले यही पर्याप्त मात्रामा नर्सिङदेखि एमबिबिएससम्मका अध्ययन सञ्चालन गर्न सके विद्यार्थी विदेसिने क्रम रोकिने बताए।

मन्त्री थापाले सञ्चालकले नै सहकारीको रकम दुरुपयोग गरी घरजग्गामा लगानी गर्ने, कतिपयल धितो मूल्याङ्कन नै नगर सस्तोमा ऋण दिने गरेका कारा सहकारी डुबेको भन्दै स्थानीयस्तरमा नियमभित्र रहेर सञ्चालनमा रहेका सहकारी अझै पनि राम्रो र विश्वासिलो रहेको पनि बताए। 

उनले मध्यपुरथिमिको शङ्खधर प्रतिष्ठानलाई मिनी म्युजियम बनाउन बागमती प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन गरेको भन्दै निर्माणका क्रममा रकम अभाव भए थप गर्दै लैजाने जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .