नेपाली कांग्रेसका महानमन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रतिशोधपूर्ण रहेको बताएका छन्।
गृहमन्त्री रवि लामिछानेको नाम नलिइकन महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा आफूमाथि उठेका प्रश्नलाई विषयान्तर गर्न खोजेको आरोप लगाएका छन्।
‘सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो।’
यस्तै, थापाले आफूमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएको भन्दै उनले ‘हेक्का’ राख्न चेतावनी दिएका छन्।
Shares
प्रतिक्रिया