ad ad

राजनीति


ओलीले भने : आतंकको साम्राज्यका बेला युथफोर्सको योगदान असाधारण थियो (भिडिओ)

ओलीले भने : आतंकको साम्राज्यका बेला युथफोर्सको योगदान असाधारण थियो (भिडिओ)

फाइल फोटो


नेपालखबर
जेठ २७, २०८१ आइतबार १९:५७, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोलेन्टियर्स नेसनल नेटवर्क बनाउने घोषणा गरेका छन्।

समाज परिवर्तनको प्रयासलाई सचेत ढंगले अघि बढाउनका लागि पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेसनल नेटवर्क बनाएर परिचालन गर्न चाहेको ओलीको भनाई थियो।

एमालेले हालै सम्पन्न गरेको राष्ट्रिय महिला भेलामा महिलाहरुलाई मात्रै भोलेन्टियर्सको रुपमा परिचालन गरेको थियो।

आइतवार पार्टी मुख्यालय च्यासलमा उनीहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेसनल नेटवर्क बनाएर काम गर्ने सोचलाई अघि बढाएको बताए।

उनले त्यसमा सहभागी हुनेले जंगी अनुशासनमा रहेर समाजलाई लयमा अघि बढाउन सहयोग गर्ने बताए।

ओलीले विगतमा युथफोर्स बनाएको स्मरण गर्दै त्यसले द्वन्द्व व्यवस्थापनमा महत्वपूर्ण भूमिका निभाएको बताए।

माओवादीको नाम नलिइकन उनले युथफोर्सले ‘आतंक’लाई समाप्त पारेको बताए।

उनले भने, ‘भोलेन्टियर सर्भिसकै रुपमा युथफोर्स बनायौँ। त्यसले एक समय असाधारण काम गर्यो। एउटा आतंकको साम्राज्य छाइरहेको बेला त्यस आतंकको साम्राज्यलाई, त्यसलाई समाप्त पार्यो। र, एउटा शान्ति स्थापनामा युथफोर्सको असाधारण योगदान रह्यो। महत्व रह्यो खास गरेर द्वन्द्व व्यवस्थापनका निमित।’

उनले हिंसा सैद्धान्तिक तवरले र मूलरुपमा परित्याग गरिसकेको अवस्थामा पनि त्यसको धङधङी चर्को रुपमा बाँकी रहेको र निसश्त्र तथा निहत्था मान्छेमाथि आतंक भएको उल्लेख गर्दै युथफोर्सले त्यसलाई निस्तेज पारेको दाबी गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .