ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड र भारतीय संघीयमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय संघीयमन्त्री जयशंकरबीच भेटवार्ता

नेपालखबर
जेठ २८, २०८१ सोमबार १३:५४, काठमाडौँ

छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।   

सो अवसरमा प्रधानमन्त्री दाहालले भारतको मन्त्री पदमा नियुक्त भएकाेमा जयशङ्करलाई बधाई एवं कार्यकालको शुभकामना व्यक्त गरे। उनले आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे। 

त्यसैगरी मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएकाेमा प्रधानमन्त्री दाहाल र नेपाल सरकारलाई धन्यवाद दिए। उनले दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको बताए।

भेटमा प्रधानमन्त्रीकी छाेरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्सालसहित भारतस्थित नेपाली राजदूतावासका उच्च अधिकारीको सहभागिता रहेको थियो। भेटमा भारतको विदेश मन्त्रालयका उच्चअधिकारीहरू पनि सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .