ad ad

राजनीति


समाजवादी शक्तिहरूलाई एक ठाउँमा उभिन अध्यक्ष नेपालको अपिल

समाजवादी शक्तिहरूलाई एक ठाउँमा उभिन अध्यक्ष नेपालको अपिल

फाइल फोटो


नेपालखबर
जेठ २८, २०८१ सोमबार २१:४४, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरूलाई एक ठाउँमा उभिन अपिल गरेका छन्।

जनता समाजवादी पार्टी, नेपालको महाधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले यस्तो अपिल गरेका हुन्। पार्टी विभाजन भएपछि समाजवादी मोर्चा शिथिल परेको समयमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले समाजवादी शक्तिहरुलाई एकठाउँमा उभिन अपिल गरेका हुन्।

जसपा, नेपालको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालले मुलुकमा देखिएका अवरोधहरुलाई हटाउन समाजवादी शक्तिहरुलाई एकठाउँमा उभिन आवश्यक रहेको बताए। एकतावद्ध भएर अघि बढ्ने हो भने कुनैपनि चुनौतिको सामना गर्न सकिने बताए।

उनले भने, ‘हामी एकतावद्ध भयौँ भने जुनसुकै चुनौतिको सामना गर्नसक्छौँ। हामी मिलेर अघि बढ्ने हो भने जस्तोसुकै कठिनाइलाई पार गर्नसक्छौँ। किनभने हिम्मत र बुलन्दीले नै सबैथोक प्राप्त गर्न सकिन्छ। जनता समाजवादी पार्टी, नेपाल चुनौतिको बीचमा छ। हामी सहयात्री हौँ।’

उनले जसपा, नेपाल पछिल्लो समय चुनौतिको सामना गरिरहेको बताउँदै जसपा नेपालले यी चुनौती तथा बाधाहरुलाई पार गर्दै अगाडी बढ्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .