ad ad

राजनीति


प्रचण्डलाई ५ वर्ष सरकार चलाउन दिनुपर्छ, यो भन्दा राम्रो गर्नुहुन्छ : विप्लव

प्रचण्डलाई ५ वर्ष सरकार चलाउन दिनुपर्छ, यो भन्दा राम्रो गर्नुहुन्छ : विप्लव

नेपालखबर
असार ३, २०८१ सोमबार १८:१४, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पाँच वर्ष नै सरकार चलाउन दिनुपर्ने बताएका छन्।

बेपत्ता योद्धाहरुले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा उनले पाँच वर्ष नै प्रचण्डलाई सरकार चलाउन दिए अहिलेको भन्दा राम्रो चलाउने पनि दाबी गरे।

‘अहिले पनि मलाई लाग्छ,प्रचण्ड कमरेडलाई पाँच वर्ष सरकार चलाउनुहोस् भनेर जिम्मा दिने हो भने सायद यो भन्दा राम्रो चल्छ,’ उनले भने, ‘उहाँलाई साँझ–बिहान त्यो कुर्सी बचाउन नै ठिक्क छ। यस्तो तनाव छ कि पर्ख, दिउँला, खालास भन्ने बाहेक उहाँको अरु कामै छैन्। त्यति गर्दा पनि उहाँलाई सुख छैन्। आजै जान्छ (सरकार), भोलि जान्छ भन्न थाले मान्छेले।’

विप्लवले सरकारमै रहेका पार्टी र मन्त्रीहरुले पनि बजेटको विरोध गरेको भन्दै यो बजेट कसको हो भनेर प्रश्न समेत गरे। ‘बजेट आयो, आफ्नै पार्टीकाले पनि ठिक छैन भनेको छ,’ दिक्दारी पोख्दै उनले भने, ‘अरु पार्टीकाले पनि ठिक छैन भनेको छ। अब हुँदा–हुँदा सरकारमा बसेका मन्त्री र पार्टीले पनि ठिक छैन भने पछि यो बजेट कसको ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .