ad ad

राजनीति


प्रचण्ड, देउवा र माधवले बजाए रास्वपाको घण्टी, ओलीले मानेनन्

प्रचण्ड, देउवा र माधवले बजाए रास्वपाको घण्टी, ओलीले मानेनन्

नेपालखबर
असार ७, २०८१ शुक्रबार १६:२४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार (असार ७) पार्टीको दोस्रो स्थापना दिवस मनाइरहेको छ। पार्टी केन्द्रीय कार्यालयमा चियापानसहित रास्वपाले दोस्रो वर्षगाँठको उपलक्ष्यमा खुसी साटासाट गरेको हो। 

चियापान समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका शीर्ष नेताहरू पनि पार्टी कार्यालय पुगेका थिए। 

पार्टी कार्यालयमा भव्य रुपमा मनाइएको चियापानमा पुग्ने सबैजसो नेताहरूले ‘घण्टी’ बजाएका छन्। चियापानमा पुग्ने नेताहरूका लागि रास्वपाले ठूलो ‘घण्टी’ झुण्ड्याएर राखेको छ। 

‘घण्टी’ रास्वपाको चुनाव चिन्ह पनि हो। 

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष नेपाल लगायतले ‘घण्टी’ बजाए।

तर, नेकपा एमालेका अध्यक्ष ओलीले भने घण्टी बजाउन मानेनन्। उनलाई रास्वपा सभापति रवि लामिछानेले घण्टी बजाउनका लागि अनुरोध पनि गरेका थिए। 

तर, उनले अस्वीकार गरे।

बरु, ओलीले रास्वपाकै प्राङ्गणमा राखिएको तान चलाउन भ्याए। रास्वपाले उद्यमशीलता प्रवर्द्धन गर्ने ध्येयले प्रदर्शनी स्टलहरू राखेको छ। 

जसमा ओलीले तान चलाएर केहीबेर बसेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .