ad ad

राजनीति


पार्टीमा प्रचण्डको ब्रिफिङ– ओलीले एकातिर तुरूप फालेर अर्कोतिर संवाद गरेछन्

पार्टीमा प्रचण्डको ब्रिफिङ– ओलीले एकातिर तुरूप फालेर अर्कोतिर संवाद गरेछन्

नेपालखबर
असार १८, २०८१ मंगलबार १२:६, काठमाडौँ

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक पटक आफूलाई ढाँटेको ब्रिफिङ गरेका छन्। 

मंगलबार बालुवाटारमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले एकातिर तुरूप फालेर अर्कोतिर संवाद गरिरहेको भन्दै त्यसलाई षड्यन्त्र गरेको सुनाए। 

‘तुरुप एउटा फाल्ने, काम अर्को गर्ने जो भएको छ, त्यो षड्यन्त्र हो,’ प्रधानमन्त्री प्रचण्डको भनाई उदृत गर्दै माओवादी सचिव देवेन्द्र पौडेलले बताए। 

उनका अनुसार ओलीको यो षड्यन्त्रलाई पार्टीले प्रतिवाद गर्ने निर्णय पनि भएको छ। 

सोमबार बिहान तीन घण्टाभन्दा बढी प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो। सो भेटघाटका क्रममा ओलीले यही गठबन्धनलाई निरन्तरता दिएर जाने र कांग्रेससँग कुनै सहमति नभएको स्पष्टीकरण दिएका थिए। 

‘यदी सहमति हो भने जस्ताको तस्तै भन्नुस् भन्दा पनि दुई दिनसम्म लगातार उहाँले केहीपनि भएको छैन भनेर भन्नुभयो,’ पौडेलले भने, ‘हामी धेरै पछिसम्म मिलेर जाने भन्नुभएको थियो। राति जे सहमति भयो, त्यसले एक प्रकारको राजनीतिमा एकाथिर एउटा र अर्कोतिर अर्कोथरी भन्ने गरेको देखियो।’

त्यस्तै मंगलबार बिहान प्रचण्डलाई भेटेर ओलीले राष्ट्रिय सहमतिको सरकार बनाएर जान आग्रह गरेका थिए। 

सो बारेमा पनि प्रचण्डले बैठकमा ब्रिफिङ गरे। 

‘एकातिर एउटा सहमति गर्ने र अर्कोतिर बिहानै आएर राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर दुई पार्टीले सहमति गरिसकेर अरु पक्षसँग मिलौँ भनेर हुन्छ र?,’ उनले भने। 

माओवादीकै अर्का सचिव दिननाथ शर्माले पनि ओलीबाट आफूलाई पटक पटक ढाँट्ने काम भएको ब्रिफिmङ प्रचण्डले गरेका थिए। 

उनका अनुसार वामपन्थी फुटाउनेगरी बाह्य शक्ति लागेको पनि प्रचण्डले सुनाएका थिए। ‘वामपन्थी फुटाउने खेलमा बाह्य शक्ति पनि लागेको देखियो,’ प्रचण्डको भनाइ उदृत गर्दै शर्माले भने, ‘यतातिर हामी नै हो, हामीनै मिलेर जाने हो, अहिले पार्टी एकताको कुरा गर्दा प्रोभोकेटिभ हुन्छ।’

सरकालाई नै निरन्तरता दिने भन्नेगरी प्रचण्डले सरकारका काम राम्रो बनाउन मंगलबार पनि भनेको उनले बताए। 

‘हिजो सरकारका काम राम्रो बनाउने भनेर प्रचण्डलाई मख्ख बनाएर गएछन्,’ सचिव शर्माले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .