ad ad

राजनीति


ज्ञानेन्द्र शाहीलाई प्रचण्डको जवाफ– तपाईं प्रधानमन्त्री बनेको दिन कति गर्नुहुन्छ हेर्नेछु (भिडिओ)

ज्ञानेन्द्र शाहीलाई प्रचण्डको जवाफ– तपाईं प्रधानमन्त्री बनेको दिन कति गर्नुहुन्छ हेर्नेछु (भिडिओ)

नेपालखबर
असार ११, २०८१ मंगलबार १३:३७, काठमाडौँ

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि मन्त्रालयगत छलफल चलिरहेको छ। छलफलका क्रममा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि जवाफका लागि प्रतिनिधिसभा बैठकमा पुगेका छन्। 

खासमा उनी नारायणकाजी श्रेष्ठले सम्हालिरहेको परराष्ट्र मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिन पुगेका थिए। 

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक समेत रहेका सांसद ज्ञानेन्द्र बहादुर शाहीले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरे। 

उनले नेपालमा प्रधानमन्त्री छ कि छैन? रुसी सेनामा भर्ना भएका नागरिक ल्याउन सरकारले के पहल गरिरहेको छ? भन्दै प्रश्न गरे। 

मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफका लागि पुगेका प्रधानमन्त्री प्रचण्डले शाहीको प्रश्नको जवाफ व्यक्तिगत रुपमै दिए। 

 

‘कसैले राख्नुभयो, नेपालमा प्रधानमन्त्री छ कि छैन? रुसी सेनामा भएका नागरिक छ कि छैन? भनेर राख्नुभयो? यहीँ हुनुहुन्छ कि जानुभयो?,’ उनले अघि भने, ‘नेपालमा प्रधानमन्त्री छ। त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ।’

उनले यस्तो भनिरहँदा विपक्षी बेञ्चमा बसेका शाहीले हाँसेर आफू संसद्मै रहेको जानकारी गराउँदै थिए। 

उनलाई प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘त्यसकारण सरकारले पठाएर रुसी सेनामा गएका त होइनन्। तर जे भएपनि रुसी सेनामा गएका नेपालीमा रिनु दुःखद हो। म जोडका साथ भन्न चाहन्छु, राति १२ बजे रुसी सेनाको मोर्चामा लडाईं लड्दै गरेका सँग फोनमा कुरा गर्ने गरेको छु।’

शाहीलाई प्रधानमन्त्री प्रचण्डले कुनै दिन प्रधानमन्त्री बनेको खण्डमा आफूले हेरेर बस्ने समेत बताए। 

‘त्यस्तो, प्रधानमन्त्री तपाईं कुनै दिन हुनुहुन्छ भने म तपाईंले कति गर्नुहुन्छ हेर्न चाहन्छु,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .