ad ad

राजनीति


प्रतिनिधि सभाबाट आज बजेटआश्रित ३ विधेयक पारित गरिने

प्रतिनिधि सभाबाट आज बजेटआश्रित ३ विधेयक पारित गरिने

नेपालखबर
असार १६, २०८१ आइतबार १२:२९, काठमाडौँ

संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्ह ३ बजे बस्दै छ।

बैठकबाट आज बजेटआश्रित ३ वटा विधेयक पारित गर्ने तालिका तय गरिएको छ।

विनियोजन विधेयक, २०८१ प्रतिनिधि सभाबाट असार ११ गते नै पारित भइसकेको छ।

आइतबारको बैठकले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पारित गर्ने तालिका छ।

संसद सचिवालयद्वारा प्रकाशित कार्यसूचीअनुसार, बैठक नियमित कार्यसूचीमा प्रवेश गरेपछि सुरुमा आर्थिक विधेयक, २०८१ माथि छलफल हुनेछ। त्यसपछि उक्त विधेयकमा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। र, अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसपछि राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी अर्थमन्त्री पुनले नै प्रस्ताव पेस गर्नेछन्। उक्त विधेयकमा प्राप्त संशोधनहरूलाई आइतबार नै निर्णयार्थ प्रस्तुत गरिनेछ। संशोधन प्रस्तावहरू टुंग्याएपछि अर्थतन्त्री पुनले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकको अन्तिम कार्यसूचीमा भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफललाई राखिएको छ। सोही बैठकले दफावार छलफल, संशोधनमा छलफल र विधेयकमा निर्णय गर्नेछ।

योसँगै बजेटआश्रित सबै विषय टुंगो लाग्नेछन्।

अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते संसदमा बजेट पेस गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .