ad ad

राजनीति


सुदूरपश्चिममा मन्त्रालय फुटाएर बिनाविभागीय ५ मन्त्रीलाई जिम्मेवारी तोकिँदै

सुदूरपश्चिममा मन्त्रालय फुटाएर बिनाविभागीय ५ मन्त्रीलाई जिम्मेवारी तोकिँदै

गोकुल जोशी
असार १६, २०८१ आइतबार १२:२१, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सरकारमा बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोक्ने तयारी भइरहेको छ। 

तीन मन्त्रालय फुटाएर ५ जना बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिन लागिएको हो।

एक मन्त्रीका अनुसार, भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर जिम्मेवारी दिने अन्तिम तयारी भएको छ। 

‘अहिले पदभार ग्रहण कार्यक्रम राखिएको छ। हामी मुख्यमन्त्री कार्यालयमा छौँ,’ ती मन्त्रीले भने। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी नेकपा एमालेका हीरा सार्कीलाई दिने तयारी छ।

भौतिक पूर्वाधार फुटाएर बनाइएको मन्त्रालयमा नेकपा (माओवादी केन्द्र)का अक्कल रावललाई जलस्रोत तथा सहरी र नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ। 

सामाजिक विकास मन्त्रालय फुटाएर माओवादीका ओमविक्रम भाटलाई स्वास्थ्य, महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्री बनाइँदै छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा (एमाले)का वीरबहादुर थापालाई वन तथा सहकारी र नेकपा (एकीकृत समाजवादी)का माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्रीको जिम्मेवारी दिइँदैछ।

२८ जेठमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ३-३ र नेकपा एकीकृत समाजवादीबाट १ मन्त्री नियुक्ति गर्दै सरकार विस्तार गरेका थिए। 

तर तीमध्ये ५ जना मन्त्रीको विभाग तोकिएको थिएन। मन्त्री नियुक्त भएको तीन साता पुग्नै लाग्दा उनीहरूले जिम्मेवारी पाउन लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .