प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुरू हुनासाथ सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन्।
बैठकको सुरुमै, प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्को एकजना पनि सदस्य उपस्थित नभएको भन्दै ध्यानाकर्षण गराएका थिए।
उनको ध्यानाकर्षणपछि सभामुख घिमिरेले आजै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन्।
आजको बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची थियो।
30
Shares
प्रतिक्रिया