ad ad

राजनीति


रास्वपाले महामन्त्री ढकालको प्रतिवेदन आजै सार्वजनिक गर्ने

रास्वपाले महामन्त्री ढकालको प्रतिवेदन आजै सार्वजनिक गर्ने

नेपालखबर
असार १९, २०८१ बुधबार १३:५३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री मुकुल ढकालले तयार पारेको प्रतिवेदन आजै सार्वजनिक गर्ने भएको छ। रास्वपाको बुधबार बिहानदेखि जारी केन्द्रीय समिति बैठकमा उनकै प्रतिवेदनमाथि छलफल भइरहेको छ।

प्रतिवेदनमाथिको छलफल सकिएपछि त्यसलाई आजै सार्वजनिक गरिने सहप्रवक्ता मनिष झाले जानकारी दिए। ‘बिहान ८ बजेदेखि हामीले महामन्त्रीको प्रतिवेदनमाथि छलफल गरिरहेका छौं,’ उनले भने, ‘जुन केहीबेरमा सार्वजनिक हुनेछ।’

पार्टीको अवस्थाबारे बुझ्न देशका विभिन्न ३२ जिल्लामा पुगेर महामन्त्री ढकालले समीक्षा प्रतिवेदन तयार पारेका थिए। उक्त प्रतिवदेनमा उनले अहिले चलिरहेकै जसरी पार्टी चलिरहे आउँदो चुनावमा राष्ट्रिय पार्टी बन्न समेत मुस्किल हुने उल्लेख गरेका थिए।

पार्टी सभापति रवि लामिछानेलाई बुझाइएको ३२ पृष्ठको उक्त प्रतिवेदन केन्द्रीय समिति बैठक लाइभ गरेर प्रस्तुत गर्नुपर्ने माग ढकालको थियो।

तर, केन्द्रीय समितिका अधिकांश सदस्यहरूले बैठक लाइभ गर्ने प्रस्ताव अस्वीकृत गरेपछि उनी आफ्नो बोल्ने अधिकार हनन भएको भन्दै मुखमा टेप लगाएर उपस्थित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .