ad ad

कला


चलचित्र साहित्यका विषयमा अन्तर्किया

चलचित्र साहित्यका विषयमा अन्तर्किया

नेपालखबर
असार १९, २०८१ बुधबार १३:५९, काठमाडौँ

नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा ‘चलचित्र साहित्य र नेपाली सन्दर्भ’ विषयमा अन्तर्किया कार्यक्रम भएको छ। 

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कला, साहित्य र चलचित्र क्षेत्रका व्यक्तिहरुको सहभागितामा थियो। 

कार्यक्रममा त्रि वि कीर्तिपुर नेपाली विभागका प्राध्यापक डा.अशोक थापाले चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा कार्यपत्र प्रस्तुत गर्दै चलचित्र सहित्यको बेग्लै विधा हो भन्ने मान्यतालाई स्थापित गर्न पर्ने आवश्यकता पर्ने बताए। 

‘चलचित्र कलाको आधुनिक माध्यम हो। समाज रुपान्तणरकोनिम्ति चलचित्रको भूमिका महत्वपूर्ण रहन्छ। प्राविधिक पक्षले गर्दा चलचित्रले धेरै कुराहरु एकै पटक देखाउन सकिन्छ। पछिल्लो समय चलचित्र समाजको एउटा अभिन्न अंग बन्न पुगेको छ छ,’ उनले भने। 

कार्यपत्रमाथि कलाकार नीर शाहले आफ्नो धारणा राखे।

 ‘साहित्य र कला मानव सभ्यताको विकाससँगै जोडिएको कुरा हो। अहिलेको अवस्थामा कला र साहित्यलाई हेर्ने दृश्टीकोण गलत छ, त्यसलाई हामीले बदल्न पर्छ। कला र साहित्यले मान्छेको समवेदनासँग निकट सम्बन्ध राख्छ भन्दै चलचित्र पनि मानविय समवेदनासँग जोडिएको एउटा पाटो हो। चलचित्रको मुटु भनेको पटकथा हो। पटकथा चलचित्रको साहित्यको मूल अंश हो। विश्व बजारका धेरै प्रसिद्ध चलचित्रहरुको आधार साहित्य नै हो,’उनले भने। 

साथै उनले हरिश्चन्द्र नै पहिलो नेपाली चलचित्र भएको दाबी गरे।

‘भारतीय कलाकार र नेपाली कलाकारहरुले अभिनय गरेको चलचित्रमा भारतीय कलाकारहरुले नेपाली उच्चारण स्पस्ट नभएको हुँदा डविंग गरेको जस्तो हुन पुगेको हो। नेपाली चलचित्रको बारेमा खोज अनुसन्धान नै साह्रै कम भएको परिप्रेक्षमा यो कार्यक्रमले फरक किसिमको सुरुवात गरेको छ,’ उनले भने।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा प्रतिष्ठानले चलचित्रको बहसमा एउटा माहोल सिर्जन गर्ने प्रयत्न गरेको सुनाएँ। त्यसैगरि, गीतकार तथा संचारकर्मी भुपेन्द्र खड्काले कार्यपत्रले चलचित्रको इतिहास त उजागर गरेपनि चलचित्र साहित्यको नेपाली सन्दर्भसँगको सम्बन्ध प्रस्ट आउन नसकेको धारणा राखे।

कार्यपत्रमाथि टिप्पणी गर्दै सीतादेवी ढुंगानाले कार्यपत्रको विषय एकातिर कार्यपत्र अर्कोतर्फ गएको बताइन्। 

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यष एवम् कार्यक्रमका अध्यक्ष केपी पाठकले कार्यक्रमकको औचित्यमाथि प्रस्ट पारे। उनले चलचित्र दृश्य साहित्य हो भन्ने कुरा स्थापित गर्न आवश्यक रहेको अवस्थामा यो किसिमको बहस सुरु गरेको सुनाएँ।

 ‘चलचित्र पनि साहित्य हो एउटा उपन्यासले भन्न नसकेको कुरा एउटा चलचित्रले भन्न सक्छ वा देखाउन सक्छ। यसको प्रभावकारीता पनि समाज रुपान्तरणमा रहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .