ad ad

राजनीति


रास्वपा बैठकमा महामन्त्री ढकालसँग अधिकांश केन्द्रीय सदस्य असन्तुष्ट

रास्वपा बैठकमा महामन्त्री ढकालसँग अधिकांश केन्द्रीय सदस्य असन्तुष्ट

नेपालखबर
असार १९, २०८१ बुधबार १७:३२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बुधबार बिहानैबाट पार्टी केन्द्रीय कार्यालय, बसुन्धारामा जारी छ। 

महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदनमाथि बैठकमा छलफल भइरहेको छ। एक महिने यात्राका क्रममा पाएका सुझावलाई आधार बनाएर ढकालले तयार पारेको प्रतिवेदनमाथि छलफल चलिरहेको हो। 

बैठकमा ढकाल पनि उपस्थित छन्। बिहान बैठक सुरु भएको केहीबेरपछि हलमा छिरेका ढकाल मुखमा मास्क लगाएर त्यसमाथि कालो टेपमा देखिए। 

उनको यो दृश्यले पार्टीसँगको असन्तुष्टी प्रष्ट झल्कियो। आफैँले बनाएको प्रतिवेदनमाथि छलफल गर्न बसेको बैठकमा उनी मौन बसे।

आफ्नो प्रतिवेदन मिडियासामु प्रत्यक्ष प्रशारण गर्न माग गरेका थिए, उनले। पार्टी बैठकमा पनि त्यही कुरा राखे। 

उनको यो प्रस्तावमाथि सभापति लामिछानेले मतविभाजननै गर्नुप¥यो। अधिकांश सदस्यले पार्टीका दस्तावेज यसरी बाहिर ल्याउन नहुने बताएपछि सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीलाई त्यसको जिम्मेवारी दिइयो। 

बुर्लाकोटीले त्यो पढेर सुनाएपछि अहिले केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेका छन्। 

बैठकमै सहभागी एक नेताका अनुसार, लगभग २५ जनाले आफ्नो धारणा राखिसकेका छन्। केन्द्रीय सदस्यहरूलाई धारणा राख्नका लागि ५ मिनेटको समय दिइएको छ। 

बैठकमा लगभग ४५ जना केन्द्रीय सदस्य उपस्थित छन्। जसमध्ये अहिलेसम्म बोलेका २५ मध्ये अधिकांशले महामन्त्रीको प्रस्तुती ठिक नभएको बताएका छन्। 

‘अधिकांश केन्द्रीय सदस्यले महामन्त्रीको क्रियाकलापमाथि प्रश्न उठाएका छन्,’ ती सदस्यले भने, ‘लगभग बेलुकी ७ बजेसम्ममा सबैले बोलिसक्नुहुन्छ होला।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .