ad ad

राजनीति


पार्टीमा उठेका प्रश्नको जवाफ नदिई बैठकबाट निस्किए महामन्त्री ढकाल

पार्टीमा उठेका प्रश्नको जवाफ नदिई बैठकबाट निस्किए महामन्त्री ढकाल

नेपालखबर
असार १९, २०८१ बुधबार १९:५९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल पार्टी बैठकमा दिनभर उठेका प्रश्नको जवाफ नदिएरै पार्टी बैठकबाट बाहिर निस्किएका छन्। 

उनले तयार पारेको प्रतिवेदनमाथि पार्टी बैठकमा केन्द्रीय सदस्यहरूले प्रश्न उठाएका थिए। 

बैठकको अन्तिममा सभापति रवि लामिछानेले उनलाई जवाफ दिन पनि आग्रह गरे। तर, ढकाल जवाफ दिन्न भन्दै बैठकबाट बाहिरिएको एक केन्द्रीय सदस्यले नेपालखबरलाई जानकारी दिए।

बैठकमा उपस्थिति अधिकांश सदस्यले उनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए। ती सबै केन्द्रीय सदस्यहरूको प्रश्नको प्रश्न सुनेका ढकाललाई पार्टी सभापति लामिछानेले जवाफ दिनुस् भनेपछि उनले त्यसको अस्वीकार गर्दै बाहिरिएका हुन्। 

‘पार्टी बैठकमा उपसभापतिले उहाँलाई आफूलाई लागेको कुरा भन्न आग्रह गर्नुभएको थियो,’ उनले भने, ‘तर, उहाँ यसलाई सुन्दै नसुनी एकछिनमा  आउँछु भनेर हिँड्नुभयो।’

ती सदस्यका अनुसार, अझै पार्टी बैठक सकिएको छैन। पार्टी उपसभापतिसम्मले कुरा राखेपछि ढकाललाई जवाफ दिन आग्रह गरिएको थियो। तर, ढकालले त्यसलाई अस्वीकार गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .