ad ad

राजनीति


आजै होइन, पछि धेरै कुरा बताउँला : मुकुल ढकाल

आजै होइन, पछि धेरै कुरा बताउँला : मुकुल ढकाल

तस्बिर : सरोज बैजु


नेपालखबर
असार १९, २०८१ बुधबार २१:५७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीमा भएका बेथितिहरूका बारेमा अहिलेनै धेरै कुरा सार्वजनिक नगर्ने बताएका छन्। 

बुधबार पार्टी केन्द्रीय समितिबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।

‘तपाईंहरूलाई पछि धेरै कुराहरू बताउँला। अहिले नै धेरै कुरा नभनौँ,’ उनले भने। 

साथै, उनले आफूलाई कारबाही गर्न पनि धेरै प्रक्रिया हुने भन्दै अहिले आफूले हेर्नेमात्रै बताए। 

‘महामन्त्रीलाई स्पष्टीकरण लगायतका धेरै प्रक्रिया छ। त्यो प्रक्रिया गरेर हटाउनुपर्ने हुन्छ। पार्टी उपसभापतिजीले आजबाट महामन्त्री मान्दैनौँ भन्नुभएको छ,’ उनले भने। 

साथै, उनले आफूलाई बोल कि बोल भनेर ह्यारेस्ट भएको भन्दै उनले भने, ‘मलाई बोल कि बोल भनेर ह्यारेस्ट भयो। लाइभ नगरेको खण्डमा मैले कालोपट्टी लगाएको खण्डमा बोल कि बोल भन्न पाइँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .