ad ad

राजनीति


प्रधानमन्त्री भेट्न गृहमन्त्री लामिछाने मन्त्रिपरिषद् कार्यालयमा

प्रधानमन्त्री भेट्न गृहमन्त्री लामिछाने मन्त्रिपरिषद् कार्यालयमा

नेपालखबर
असार २१, २०८१ शुक्रबार १४:३१, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। 

उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय गएको गृहमन्त्री लामिछानेका प्रेस संयोजक प्रमोद न्यौपानेले जानकारी दिए। 

‘उहाँ (रवि लामिछाने) अहिले भर्खर पीएम अफिस (प्रधानमन्त्रीको कार्यालय) पुग्नुभएको छ’, उनले शुक्रबार दिउँसो २:२४ बजे नेपालखबरसँग भने, ‘समसामयिक विषयमा छलफल गर्न जानुभएको हो।’

प्रेस संयोजक न्यौपानेले विषय भने प्रस्ट खुलाएनन्। 

त्यसो त बिहीबार मात्र गृहमन्त्री लामिछानेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए। 

कांग्रेस-एमालेको नयाँ सत्ता समीकरण बनेपछि मन्त्री पदबाट राजीनामा दिने तयारीका साथ गएका उनीहरू प्रचण्डको आग्रहपछि पछि हटेका थिए। 

अब उनीहरू प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने दिनसम्म राजीनामा नदिने सोचमा पुगेका छन्। बरु उनीहरूले प्रधानमन्त्रीलाई चाँडै विश्वासको मत लिन सुझाव दिएका छन्। 

त्यसको भोलिपल्टै गृहमन्त्री लामिछाने प्रधानमन्त्री भेट्न मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .