ad ad

राजनीति


निलम्बित महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस

निलम्बित महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस

मंगलबार जारी रास्वपा केन्द्रीय समितिको बैठक


नेपालखबर
असार २५, २०८१ मंगलबार १०:७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।

यस विषयमा अहिले जारी केन्द्रीय समितिको बैठकमा छलफल भइरहेको रास्वपाका एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए। 

वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहान ८ बजेदेखि रास्वपाको केन्द्रीय समितिको बैठक जारी छ।

मंगलबार जारी रास्वपा केन्द्रीय समितिको बैठक

‘अनुशासन आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहेनगरी कारबाही गर्न केन्द्रीय समितिमा सिफारिस गरेको छ’, ती पदाधिकारीले भने, ‘यस विषयमा जारी बैठकले निर्णय गर्न सक्छ।’

समीक्षा यात्रापछि विवादित प्रतिवेदन लेखेको भन्दै अघिल्लो मंगलबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री पदबाट ७ दिनका लागि निलम्बन गरी छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो।

अनुशासन आयोगका प्रमुख डा. भरत देवकोटाले  प्रतिवेदन तयार पारी केही दिनअघि नै सभापति रवि लामिछानेलाई बुझाएका थिए।

प्रतिवेदनमा ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .