ad ad

राजनीति


ओलीले आजै प्रधानमन्त्रीमा दाबी पेस गर्ने, देउवालाई लिएर शीतलनिवास जाँदै

ओलीले आजै प्रधानमन्त्रीमा दाबी पेस गर्ने, देउवालाई लिएर शीतलनिवास जाँदै

नेपालखबर
असार २८, २०८१ शुक्रबार २०:४६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि आजै दाबी पेस गर्ने भएका छन्। आजै सवा ९ बजे बहुमत सांसदको हस्ताक्षरसहित शीतलनिवास जाने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपालखबरलाई जानकारी दिए।

शीतलनिवासमा दाबी पेस गर्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीसहित केही अन्य सांसद जाने तयारी रहेको छ। 

शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समय दिएका थिए।

दाबी पेसका लागि नेपाली कांग्रेस, नेकपा एमाले र जनमत लगायतका सांसदहरूले हस्ताक्षर गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .