ad ad

राजनीति


सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

फाइल तस्बिर


नेपालखबर
असार २९, २०८१ शनिबार १५:१८, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरदेखि नेताहरू बैठकमा जुटेका हुन्। 

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्नका लागि देउवाले बैठक  बोलाएका थिए। आजको बैठकमा नयाँ सरकारमा पठाउने मन्त्रीहरूको बारेमा पनि छलफल हुने बताइएको छ। 

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा पार्टीका तर्फबाट सहभागी हुने मन्त्री छान्ने मापदण्डका विषयमा पनि छलफल हुनेछ। 

ओलीले हिजो (शनिबार) नै राष्ट्रपतिसमक्ष नयाँ सरकार गठनका लागि दाबी पेस गरिसकेका छन्। ओलीलाई राष्ट्रपति पौडेलले भोलि (आइतबार) नियुक्त गर्ने तयारी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .