ad ad

राजनीति


खतिवडा परेनन् मन्त्रीको सूचीमा, राज्य व्यवस्था समितिको नेतृत्वमै रहने

खतिवडा परेनन् मन्त्रीको सूचीमा, राज्य व्यवस्था समितिको नेतृत्वमै रहने

नेपालखबर
असार ३०, २०८१ आइतबार २१:४३, काठमाडौँ

राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका कांग्रेस सांसद रामहरि खतिवडाले मन्त्री नपाएपछि समितिकै नेतृत्वलाई निरन्तरता दिने भएका छन्। 

खतिवडाले गृह मन्त्रालयसमेत दाबी गरेका कांग्रेसका एक नेताले बताए। तर उनले सभापति देउवा प्रधानमन्त्री हुने बेला मन्त्री हुने आकांक्षा राख्दै अहिले समितिकै नेतृत्वमा रहने निकटका नेताहरूलाई बताएका छन्। 

खतिवडाले नेपालखबरसँग पनि संसदीय समितिको सभापति भएर अझै एक वर्ष काम गर्ने चाहना रहेको बताए।

कांग्रेसले आफ्नो भागमा परेका ९ मन्त्रालयका लागि प्रस्तावित मन्त्रीको नाम टुंगो लगाइसकेको छ। आइतबार (असार ३०) बूढानीलकण्ठमा सभापति देउवा र नेता शेखर कोइरालाबीचको छलफलपछि नाम टुंगो लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .