ad ad

राजनीति


सरकारको प्राथमिकता राजनीतिक स्थिरता र सुशासन : गृहमन्त्री लेखक

सरकारको प्राथमिकता राजनीतिक स्थिरता र सुशासन : गृहमन्त्री लेखक

नेपालखबर
असार ३१, २०८१ सोमबार १६:९, काठमाडौँ

नवनियुक्त गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नु भएको बताएका छन्।

सोमवार गृह मन्त्रालयमा आयोजित स्वागत तथा पदबहाली कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नुभएको बताएका हुन्।

उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु र अर्थतन्त्रलाई उकास्ने काम पनि सरकारको प्राथमिकतामा रहेको बताए। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशितालाई सुदृढ गर्नका लागि संविधानको समिक्षा गर्नु पनि सरकारको प्राथमिकता रहेको स्पष्ट पारे।

उनले भने, ‘अहिले नेपाल सरकारको प्राथमिकता भनेको राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, अर्थतन्त्रमा जुन शिथिलता, संकुचन देखा परेको छ, अर्थतन्त्रलाई क्रियाशील, चलायमान गरेर अर्थतन्त्र उकास्ने। संविधानको समिक्षा गर्ने, मूल्याङ्कन गर्ने। मूल्याङ्कन के प्रयोजनको लागि गर्ने भन्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशिता जुन संविधानका मुल तत्वहरु छन्, त्यसलाई सुदृढ गर्नका लागि, बलियो बनाउनका लागि त्यसलाई अगाडी लिएर जानका लागि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण गर्ने लगायतका कामहरु अहिले सरकारको प्राथमिकता हुन् र त्यो उद्देश्यका साथ यो सरकार गठन भएको छ।’

गृहमन्त्री लेखकले गृहमन्त्रीको रुपमा आफूले गर्ने काम विधिको शासन, शान्ति व्यवस्था र अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रीत हुने बताए। उनले प्राकृतिक प्रकोपको कारण सिर्जित परिस्थितिको सम्बोधन गर्ने पनि बताए।

गृहमन्त्री लेखकले आफूले इमान्दारिता र निष्ठापूर्वक काम गर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .