ad ad

राजनीति


बजेटले अर्थतन्त्रको शिथिलता चिर्न सकेन, मौद्रिक नीति परिपूरक बन्नुपर्छ : डा. वाग्ले

बजेटले अर्थतन्त्रको शिथिलता चिर्न सकेन, मौद्रिक नीति परिपूरक बन्नुपर्छ : डा. वाग्ले

नेपालखबर
साउन ३, २०८१ बिहिबार १८:१९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति बजेटको परिपूरकको रुपमा आउनुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आयोजना गरेको नीति मन्थन कार्यक्रममा बोल्दै उपसभापति वाग्लले सरकारले ल्याएको बजेटले मध्यकालिन प्राथमिकता स्पष्ट बनाएकाले अर्थतन्त्रको शिथिलता चिर्न मौद्रिक नीति बजेटको परिपूरकको रुपमा आउनुपर्ने बताएका हुन्। 

‘मध्यमकालिन प्राथमिकतालाई बजेटले स्पष्ट बनाएको छ। तर बजेटले वर्तमान अर्थतन्त्र शिथिलता चिर्न सकेन। अर्थतन्त्रको कुल मागलाई उकास्नको लागि तत्काल गर्नुपर्ने काम बजेटले नगरेको गुनासो छ। मौद्रिक नीति बजेटको परिपुरकको रुपमा आउनुपर्छ’, डा. वाग्लेले भने, ‘वित्त नीतिले गर्न नसकेका विषयमा मौद्रिक नीति परिपूरकको रुपमा ल्याएर अर्थतन्त्रको शिथिलतालाई चिर्नसक्छ। कर्जा, ब्याजदर, ऋणीहरूको ब्यालेन्ससिटलाई सहज बनाउनुपर्छ। कर्जालाई मौद्रिक नीतिमार्फत उत्पादनमुखी क्षेत्रमा वृद्धि गर्नु आवश्यक छ।’

डा. वाग्लले मौद्रिक नीतिलाई वित्त नीति सरह महत्व दिन जरुरी रेहेको जिकिर गरे। साथै, उनले अहिले मुलुकको अर्थतन्त्र शिथिल र सुस्त रहेको भन्दै अर्थतन्त्रमा देखिएको शिथिलता उपभोक्ताको माग र पुँजी लगानीमा संकुचन आएको पनि उल्लेख गरे। 

१४ खर्ब २२ अर्ब राजश्व उठाउने सरकारको लक्ष्यमा असार मसान्तसम्म करिब १० खर्ब मात्रै राजश्व संकलन भएको बताउँदै उनले वित्त नीतिले केही सकारात्मक दिशाहरू औंल्याएको पनि बजेटले अर्थतन्त्रको शिथिलता चिर्न नसकेको आरोप लगाए। 

‘मौद्रिक नीतिलाई वित्त नीति सरह महत्त्व दिन जरुरी छ। अहिले मुलुकको अर्थतन्त्र शिथिल र सुस्त छ। उपभोक्ताको माग खस्केको छ। पुँजी लगानी पनि खस्केको छ। मुलुकमा आयात निर्यात पनि घटेको छ। व्यापारघाटा पनि घटेको छ। तर सरकारको राजश्व आम्दानीमा प्रहार गरेको छ,’ उनले भने, ‘१४ खर्ब २२ अर्ब राजश्व उठाउने सरकारको लक्ष्यमा असार मसान्तसम्म करिब १० खर्ब मात्रै राजश्व संकलन भएको छ। मुलुकको राजश्वको बेस आयात हो  समग्र अर्थतन्त्र सुस्त भएको बेलामा आयात कम भएको बेलामा कर पनि कम उठेको छ। वित्त नीतिले केही सकारात्मक दिशाहरू औंल्याएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .