ad ad

राजनीति


संविधान संशोधन गर्दा दलहरूबीच संवाद र सहमति हुन्छ : देउवा

संविधान संशोधन गर्दा दलहरूबीच संवाद र सहमति हुन्छ : देउवा

नेपालखबर
साउन ६, २०८१ आइतबार १५:९, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा दलहरूबीच संवाद र सहमति गर्ने कुरामा आफूहरू स्पष्ट रहेको बताएका छन्। 

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत माग्दै प्रतिनिधि सभाको रोष्ट्रमबाट उनले संविधान संशोधन गर्दा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गर्ने बताए। 

‘संविधान संसोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गरिने छ। संविधान संसोेधन गर्दा नेपालमा क्रियाशिल सबै राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौँ,’ देउवाले भने। 

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबी सहमति अनुसार नेकपा एमालेका नेता केप शर्मा ओली नेपाली कांग्रेस समेतको समर्थनमा संविधानको धारा ७६ कोे २ अनुसार ओली प्रधानमन्त्री नियुक्त भएको उनले बताए।

उनले अघि भने, ‘देश विकासको लागि सबैभन्दा पहिला स्थिर  र मजबुत सरकार निर्माण गर्नु जरुरी छ। आजको संसदको संरचनालाई हेर्दा स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन भएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .