ad ad

राजनीति


बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

नेपालखबर
साउन ६, २०८१ आइतबार १७:४८, मकवानपुर (हेटौंडा)

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ।

नयाँ सरकार गठनका लागि प्रदेश सभामा रहेका दलहरुलाई बहुमतको संख्या पुर्याएर मुख्यमन्त्रीको दाबी पेस गर्न बागमती प्रदेश प्रमुख कार्यालयले अनुरोध गरेको छ।  

संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ दिनभित्र दाबी पेस गर्नका लागि प्रदेश सभामा रहेका राजनीतिक दलहरुलाई आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईँले जानकारी दिए।

यही साउन ८ गते मंगलबार साँझसम्ममा दुई वा दुईभन्दा बढि दलको समर्थनमा दाबी पेस गर्न भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .