ad ad

राजनीति


संसद्‌बाट गृहमन्त्री लेखकले भने– सिमलतालदेखि केराबारीसम्म पुनः खोजी थालिएको छ

संसद्‌बाट गृहमन्त्री लेखकले भने– सिमलतालदेखि केराबारीसम्म पुनः खोजी थालिएको छ

नेपालखबर
साउन ८, २०८१ मंगलबार १४:५४, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले गत असार २८ गते नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलताल पहिरोको पछिल्लो अवस्थाबारे संसदलाई जानकारी गराएका छन्। 

सिमलताल पहिरोमा परी वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको एन्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स त्रिशूली नदीमा बेपत्ता भएका छन्। 

गृहमन्त्री लेखकले दिएको जानकारी अनुसार, बेपत्ता भएका ६२ जनामध्ये अहिलेसम्म २४ जनाको शव भेटिएको छ। जसमध्ये १९ जनाको सनाखत भएको र ५ जनाको बाँकी रहेको गृहमन्त्री लेखकले मंगलबार संसदलाई जानकारी गराए। 

उनले घटनास्थल सिमलतालदेखि केराबारीसम्म पुनः खोजी कार्य सुरु गरिएको पनि बताए। 

खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको प्रयोग भएको उनले बताए। 

उनले दैनिक ३६८ सुरक्षाकर्मी खटिएको पनि बताए। साथै, खोजी कार्यको सहयोगका लागि भारतलाई पनि आग्रह गरिएको बताए। 

यी दुई बसमा ६५ जना यात्रु रहेकोमा ३ जना बच्न सफल भएका थिए। 

तर अधिकांशको भने अझै शव फेला पर्न सकेको छैन। अहिले भारतबाट पनि तालिमप्राप्त जनशक्ति ल्याएर खोजी कार्य भइरहेको छ।

तर, उनीहरूले पनि दुई दिन खोज्दा केही फेला पार्न सकेका छैनन्। मंगलबार पनि खोजी कार्य भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .