मधेस प्रदेश सरकारमा मन्त्रीको संख्या २० पुगेको छ।
मंगलबार ५ जना राज्यमन्त्री थपिएसँगै मन्त्रीको संख्या २० पुगेको हो।
प्रदेश प्रमुखको कार्यालयका अनुसार पुनःगठित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट दुई र नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी एक-एक जना राज्यमन्त्रीमा नियुक्त भएका हुन्।
कांग्रेसका तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजक ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका छन्।
त्यसैगरी एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भुकुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नियुक्त भए।
नवनियुक्त राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री सतिसकुमार सिंहले आजै पद तथा गोपनीयताको शपथ गराएका छन्।
Shares
प्रतिक्रिया