राजनीति


३४ वर्षे प्रेमिकासँग छुट्टिए इटालीका ८३ वर्षे पूर्वप्रधानमन्त्री बर्लुस्कनी

३४ वर्षे प्रेमिकासँग छुट्टिए इटालीका ८३ वर्षे पूर्वप्रधानमन्त्री बर्लुस्कनी

नेपालखबर
फागुन २२, २०७६ बिहिबार १५:४३,

इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कनी १२ वर्षदेखि उनीसँगै रहेकी प्रेमिकासँग छुट्टिएका छन्।

८३–वर्षे अर्बपति बर्लुस्कनी र उनकी ३४–वर्षे प्रेमिका फ्रान्सेसका पास्केल छुट्टिए पनि उनीहरु दुईजना साथी भने रहिरहने बर्लुस्कनीको पार्टी फर्जा इटालियाले एक विज्ञप्ति जारी गरेर बताएको छ।
पास्केलले एक अन्तरवार्तामा आफूले बर्लुस्कनीलाई बिहे गर्नका लागि दैनिकजसो आग्रह गरिरहेको बताएकी थिइन्।

तर, बर्लुस्कनीको विज्ञप्ति भने उनका लागि अप्रत्यासितरुपमा आइपरेको देखिन्थ्यो।

‘उनी मेरालागि सँधै प्रिय रहिरहनेछन्। यो संसारका सबै खुशी उनलाई प्राप्त होस् भन्ने कामना गर्दछु र आशा छ मैले जस्तो मेरो ख्याल गर्ने व्यक्ति पाएकी छु त्यसैगरि उनले पनि त्यस्तै कोहि पाउनेछन्,’ बर्लुस्कनीले भनेका छन्।

इटालीको राजनीतिमा दुई दशकसम्म हावी रहेका बर्लुस्कनीले दुईचोटी डिभोर्स गरिसकेका छन्। उनले अहिले उनकै पार्टीकी ३०–वर्षे सांसद मार्टा फ्यासिनासँग डेटिङ सुरु गरेको बताइएको छ।

उनलाई सन् २०१३ मा एक १७–वर्षेलाई पैसा तिरेर यौन सम्पर्क गरेको आरोपमा सात वर्ष जेल सजाय तोकिएको थियो। त्यो पछि अर्को फैसलाबाट उल्टाइएको थियो।
–दि गार्डियन

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .