ad ad

राजनीति


हामीले आफ्नै खुट्टामा उभिएर अरुलाई ठेगान लगाउनुपर्छ : शशांक कोइराला

हामीले आफ्नै खुट्टामा उभिएर अरुलाई ठेगान लगाउनुपर्छ : शशांक कोइराला

नेपालखबर
असोज ५, २०८१ शनिबार १९:२०, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरूलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

नेता कोइरालाले कांग्रेसका युवाहरू अघि बढेकाले उनीहरूलाई नेतृत्वमा ल्याउनका लागि पार्टीले प्रोत्साहित गर्नुपर्ने जिकिर गरे। 

शनिबार धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले युवाहरूको मागलाई पार्टीले सम्बोधन नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

‘६० प्रतिशत मानिसहरू ४० वर्षमुनिका छन्। तर नेताहरूले कहिल्यै पनि तिनीहरूलाई सम्बोधन गरेनन्। सबै बुढाहरूका लागि मात्रै सम्बोधन गरेँ। हामीले कहिल्यै पनि युवाहरूलाई सम्बोधन गर्न सकेनौँ। जहिले पनि मन्त्रीहरु बुढैहरू बन्छन्। युवाहरूले कहिल्यै चान्स नै पाउँदैनन्। मन्त्री मात्रै होइन, कुनै पनि ठाउँमा युवाहरूलाई प्रोत्साहन किन गर्दैनौँ हामी?,’ कोइरालाले अघि भने, ‘भोलिको राजनीति त उनीहरूको हातमा दिनुपर्ने हो। शेरबहादुरजी सदावहार यहाँ पार्टी सभापति हुनुहुन्न। अब युवाहरू आउँछन्, उनीहरूलाई ठाउँ दिनुप¥यो। उनीहरूलाई अगाडि बढाउनुप¥यो। हामी त छौँ तर कति दिन छौँं? आज छौ, भोलि हुँदैनौँ। त्यसैले अलिपर हामीले सोच्नुप¥यो।’

शेरबहादुर देउवा सदावहार पार्टी सभापति नहुने भएकाले पनि त्यसमा युवाहरूलाई ल्याउनुपर्ने कोइरालाको भनाइ थियो। 

‘नेपाली कांग्रेस यत्रो बलियो शक्ति छ। मलाइ छक्क लाग्छ–हाम्रो बहुमत हुँदैन। यत्रो शक्तिशाली पार्टी, यत्रो राम्रो उद्देश्य, यत्रो संघर्षपूर्ण जीवन ७० वर्ष संघर्ष गरेर बल्ल त हामीले संविधान दियौँ। सुशील कोइरालाले संविधान बनाउनु भयो। तर यो निरन्तर लागि राखेका छौँ। तैपनि हामीले जहिले पनि अल्पमतमा हुने। अथवा गठबन्धनको सरकार हुने। हामीले आफ्नो खुट्टामा उभिएर अरुलाई ठेगान लगाउनु पर्छ। त्यो दृष्टि राख्नुप¥यो,’ कोइरालाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .