ad ad

राजनीति


मुलुकमा बेइमानहरू बढ्दै गए : सभापति पोखरेल

मुलुकमा बेइमानहरू बढ्दै गए : सभापति पोखरेल

नेपालखबर
असोज ५, २०८१ शनिबार २०:१२, काठमाडौँ

सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले मुलुकमा बेइमानहरू बढ्दै गएको बताएका छन्।

शनिबार नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको बेरुजु फछ्र्यौट सम्बन्धि कार्यशाला गोष्ठिमा बोल्दै सभापति पोखरेलले सबै प्रमाण र तथ्य  हुँदा समेत कारबाही गर्न बहुमतको कारण नसक्ने अवस्था रहेको जिकिर गरे। 

अहिले मुलुकमा बेइमानहरूको बहुमत भएको उल्लेख गर्दै प्रमाण, कागज र कानुन स्पष्ट हुँदा पनि केही गर्न नसक्ने अवस्था आएको बताए।

‘बेरुजु राख्ने जिम्मेवार अधिकारीको घर खेतबाट बेरुजु असुल उपर गर्नुपर्छ। मेरो बुझाइ फरक छ। यो ठाउँमा पुग्नुपर्छ भन्ने हो। कुनै एक जना मन्त्रालयको महानिर्देशकले टेण्डर गर्छ। ठेक्का लगाउँछ। तर सूचना निकाल्ने, टेण्डर स्वीकृत गर्ने, मूल्याङ्कन गर्ने, कामको रेखदेख गर्ने, मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने, चेक काट्ने आफैँ अनि बेरुजु निर्माण व्यवसायीको कसरी हुन्छ। यो बेइमानी हो,’ पोखरेलले भने।

टेलिभिजनमा क्रान्तिकारी कुरा गर्ने र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्ने चेतावनी दिने गरेको उनले बताए। 

उनले सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको ठाउँकोमा राख्ने कामले देश सुधार गर्ने नसकिने पनि प्रष्ट पारे।

‘सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको कसरी हुन्छ। देश सुधार गर्ने हो भने जसका नाममा चेक काटेको छ त्यसको नाममा बेरुजु हुनुपर्छ। यो हिसाबबाट मुलुक नबदल्ने हो भने परम्परागत रुपमा बस्ने हो भने केही पनि गर्न सकिँदैन,’ उनले भने, ‘अहिले मुलुकमा बेइमानहरूको बहुमत भएको छ। प्रमाण छ, कागज छन्, कानुन छ। स्पष्ट छ। टेलिभिजनमा क्रान्तिकारी कुरा गर्छ र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्छ। श्रम परीक्षण गर्न बेरुजुको समितिले निर्णय गर्न पर्दैन,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .