ad ad

राजनीति


बाढीपहिरो घाइतेको निःशुल्क उपचार गर्न मातहतका अस्पतालमा स्वास्थ्य मन्त्रालयको सर्कुलर

बाढीपहिरो घाइतेको निःशुल्क उपचार गर्न मातहतका अस्पतालमा स्वास्थ्य मन्त्रालयको सर्कुलर

नेपालखबर
असोज १२, २०८१ शनिबार २१:३५, काठमाडौँ

स्वास्थ्य मन्त्रालयले देशभरका अस्पताललाई बाढीपहिरोमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्न सर्कुलर जारी गरेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शनिबार विज्ञप्ति जारी गर्दै देशभरका अस्पताललाई निःशुल्क स्वास्थ्यसेवा दिनका लागि सर्कुलर जारी भएको जानकारी गराएका छन्। 

अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा आपतकालीन उपचारका लागि तयार रहन आग्रह पनि गरेका छन्। 

मन्त्री पौडेलले भनेका छन्, ‘देशभरका सबै अस्पतालका आपतकालीन कक्ष लाई थप प्रभावकारी बनाउन र आवश्यक परेमा नियमित सेवा प्रवाहको अवधि वृद्धि गरी सहयोग गर्नका लागि २४ सै घण्टा तयार रहन अनुरोध गर्दछु।’

मन्त्री पौडेलले औषधिउपचारका आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख गर्दै आपतकालीन औषधीउपचारका लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैलाई आग्रह गरेका छन्।

त्यस्तै, प्रदेश, जिल्ला र स्थानीय तहमा द्रुत सेवाका लागि समन्वय गर्न पनि मन्त्रालयले भनेका छ।

उद्धार र राहतका कार्यहरूलाई तीव्र बनाउन गृह मन्त्रालय, स्थानीय तह र अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले सबैलाई सुरक्षित रहन, सतर्क रहन र एक आपसमा सहयोग गर्न समेत अनुरोध गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .