ad ad

राजनीति


शेखरको प्रश्न– जनता संकटमा हुँदा कहाँ छ राज्य?

शेखरको प्रश्न– जनता संकटमा हुँदा कहाँ छ राज्य?

नेपालखबर
असोज १२, २०८१ शनिबार २२:७, काठमाडौँ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताएका छन् ।

देशका प्राय सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने(‘राजधानी काठमाडौँ उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ। जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट बिच्छेद छन्। बस्तीहरू डुबानमा छन्। नागरिकहरु चरम संकटमा छन्। तर राज्य कहाँ छ यतिबेला?’

नेपाली कांग्रेस सल्यान–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘शुभकामना आदानप्रदान कार्यक्रम’लाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले राजधानीमै हेर्दाहेर्दै र देख्दादेख्दै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप समेत लगाए।

सरकार भनेको केवल कुर्सी र पद मात्रै नभएको भन्दै कोइरालाले प्रश्न गर, ‘मन्त्री क्वाटरकै छेउबाट नागरिक बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन?’

मौसम पुर्वानुमान बिभागले केही दिन देखी नै यतिबेला भारी वर्षा हुन्छ भनेपनि सरकारले त्यसको लागि सरकारले आवश्यक नगर्दा मानवीय क्षेती भएको कोइरालाको भनाइ छ। सरकारको यो चरम लापरबाही उनको जिकिर छ।

कोइरालाले यस विपत्तिको घडीमा कांग्रेस पार्टीका हरेक तहका नेताहरूलाई उद्धारमा जुट्न समेत आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .