राजनीति


लेबननको दुर्घटनाप्रति राष्ट्रपतिद्वारा शोक व्यक्त

लेबननको दुर्घटनाप्रति राष्ट्रपतिद्वारा शोक व्यक्त

नेपालखबर
साउन २२, २०७७ बिहिबार १४:३४,

राष्ट्रपति विद्यादेवी भण्डारीले लेबननका राष्ट्रपति मिसेल आओनलाई आज एक सन्देश पठाउँदै बेरुतमा शक्तिशाली विष्फोटनबाट अमूल्य जीवन र भौतिक सम्पत्ति नास भएकामा गहिरो दुःख व्यक्त गरेकी छन्।

सन्देशमा राष्ट्रपति भण्डारीले समकक्षी आओनलाई विस्फोटमा ज्यान गुमाएकाका परिवारजन, लेवनान सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना, सहानुभूति र ऐक्यबद्धता प्रकट गरेकी छन्।

शोकको यस घडीमा विष्फोटमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी उद्धारका प्रयास सफल हुने चाँडोभन्दा चाँडो त्यहाँको अवस्था पूर्ववतरुपमा सामान्य बन्ने विश्वास सन्देशमा व्यक्त गरेकी छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .